बाणगङ्गा कपिलवस्तुमै पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको छ । लुम्बिनी प्रदेश निर्देशनालयले जारी गरेको चार वटा प्रोटोकलहरु पुरा गरि आज विहिबार नगर पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको हो ।

प्रदेश निर्देशनालयले जारी गरेको “पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड, २०८० अनुसारका चार वटा प्रोटोकलमा आवश्यक मापदण्ड पुरा गर्न सफल भएको हो । जस अन्तर्गत ४ पटक गर्भ जाँच गराएका महिलाको संख्या ९० प्रतिशत, स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको संख्या ९५ प्रतशित, घरमा प्रसुति गराएका महिलाहरुको सङ्ख्या ०, प्रोटोकल अनुसार ३ पटक प्रसुति जाँच गराएका महिलाहरुको सङ्ख्या ९० प्रतिशत पुगेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले यस्तो घोषणा झट्ट हेर्दा नदेखिए पनि मानवीय मुल्यको लागि निक्कै महत्वपूर्ण हुने बताउनुभयो । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पिडा हामिले अनुभव गर्न नसकिने भन्दै त्यस्तो पिडा अब नगरवासीले भोग्न नपर्ने उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थिले नयाँ मान्छे जन्माउँदा नै मान्छे मोर्नुपर्ने अवस्था निक्कै दुखद हुने भन्दै यसको महत्व अथाह रहेको बतउनुभयो ।

फरक प्रसङ्गमा उहाँले केहिले बाणगंगा नगरपालिका बिगारे भन्ने आरोप नगर प्रमुख र आफुलाई लगाएको भन्दै त्यस्ता व्याक्तिहरुमा मानसिक समस्या हुन सक्ने समेत बताउनुभयो । केहि वर्ष पहिला बाणगंगा सहित सिङ्गो कपिलवस्तुको अवस्थाको बारेमा सबै जानकार रहेको भन्दै कपिलवस्तु अहिले प्रदेश र सिङ्गो देशकै मुल प्रवाहमा जोडिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले नगरका जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सपना आज पुरा भएको बताउनुभयो । विगतको बाणगंगा र आफुहरु २०७४ सालमा निर्वाचित भएर आइसकेपछिको बाणगङ्गाको समग्र अवस्थाको बारेमा मुल्याङ्कन गर्न पनि उहाँले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गर्नुभयो । नगरको शिक्षा, स्वास्थ्य, पुर्वाधार, सामाजिक विकास, सुशासन लगायतको क्षेत्रमा आफुहरुले प्रसस्त काम गरिरहेको भन्दै त्यसलाई अझ बढाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । घोषणा गरेर मात्र नगरको जिम्मेवारी पुरा नहुनेमा आफु सचेत रहेको भन्दै यसको जिम्मेवारी प्रति नगरको सम्पुर्ण टिम गम्भिर भएर लाग्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थिले अन्नको भण्डार भएको ठाउँमा पनि कुपोषण देखिनु दुखको विषय भएको बताउनु भयो ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले घोषणा गरेर मात्र यसको औचित्य नरहने भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले बाणगङ्गाले गरेको यस्तो महत्वपुर्ण कार्यको आफ्नो नगरले पनि सिको गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आफु कपिलवस्तुमा प्रजिअ भएर आइरहदा जिल्लाको दक्षिण तर्फ सरसफाइ, स्वास्थ्य लगायतका क्षेत्र कमजोर रहेको देखेको भन्दै त्यसको सुधारको लागि आफुले पहल गरिरहेको बताउनुभयो ।

नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी प्रदेसले जारी गरेका सम्पुर्ण प्रोटोकलहरु पुरा गरेकोले बाणगङ्गालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी, नेपाली काङ्ग्रेस बाणगङ्गाका अध्यक्ष विष्णु थापा, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्री, नेकपा एमाले बाणगङ्गा नगर अध्यक्ष युवराज पोख्रेल, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराज पोख्रेल, कपिलवस्तुका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरे, वडाका वडा अध्यक्ष, सदस्यहरु, विभिन्न संग संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरी प्रशासन,नगरका कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

नगर उपप्रमुख रिता कुमारी चौधरीको स्वागत, स्वास्थ्य शाखाका भक्तिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एम्बुलेन्स चालक, महिला स्वयंसेविका र नगर तथा स्वास्थ्य संस्थाका कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो ।

May be an image of 1 person, studying and crowd

May be an image of one or more people

May be an image of 12 people and text

May be an image of 11 people and text

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *