बाणगंगा १० मा महिलाहरुको लागि सर्फ बनाउने तालिम सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० मा महिलाहरुको लागि सर्फ बनाउने तालिम सुरु भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सोमबार देखि १० दिने उक्त तालिम सुरु भएको हो ।

तालिमको सोमबार वडा नम्बर १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेल र नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पोडेलले उद्घाटन गर्नुभएको छ । महिलाहरुको लागि सिप विकास तालिम अन्तर्गत स्वास्थ्य सरसफाई सङ्ग सम्बन्धित रहेको उक्त तालिममा वडा भित्रका ३० जना महिलाहरुको सहभागिता रहेको महासंघका सचिव मनु रसाइलीले बताउनुभयो ।

कार्यक्रममा वडा सचिव सन्तोष चौधरी, महासंघका केन्द्रिय सदस्य उमानाथ पौडेल, तालिम विज्ञ एवम मणिमुकुन्द सेन उधान बुटवलका प्रमुख अनन्त शिलवाल, माउन्ट एभरेस्ट सहकारीका व्यवस्थापक दिपक खनाल, उद्योग बाणिज्य महासंघ कपिलवस्तुका सल्लाहकार मोहन न्यूपाने लगायतको उपस्थिती रहेको थियो । तालिममा निरु गिरिले प्रशिक्षण गर्नुभएको छ ।

May be an image of 6 people, people smiling, people studying, hospital and text that says 'महिलाहसका लागि सीपविकास तालिम अन्त्गात स्वार्थ सरसफाई संग समान्घित सर्फ बनाउने तालिम उदधाटन कार्यक्रम भिती २0८৭ बेशास जते रवान बाणयमा .대 51 न. 90 3illm तिकासहरीम सहरेम वनभज সবিকা 招时袜 कार्ोलय शिर आखोजक ठेजाल रহিटवে3 मसाय महारध कबिलकस्त'

May be an image of 7 people, people studying, flute and text

May be an image of 4 people, hospital and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *