बाणगंगा ब्राह्मण समाजको अध्यक्षमा योगाचार्य पौडेल चयन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइ, कपिलवस्तु । ब्राह्मण समाज नेपाल बाणगंगा नगर कार्यसमितिको अध्यक्षमा योगाचार्य कमल पौडेल चयन हुनुभएको छ । आज भएको पहिलो अधिवेशन बाट पौडेलको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको हो ।

जसको उपाध्यक्षमा सुर्य प्रसाद भुसाल, सचिवमा ज्ञान प्रसाद पाण्डे, सहसचिवमा गंगा गैरे खराल, कोषाध्यक्षमा टिकाराम घिमिरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमश जगन्नाथ घिमिरे, दामोदर ढकाल, बाबुराम खनाल , राम प्रसाद पोख्रेल, लोकनाथ खनाल, र कमल नयन पौडेल चयन हुनुभएको छ ।

समाजका जिल्ला अध्यक्ष झबिन्द्रराज शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अधयक्ष  एवम नगर प्रवक्ता विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, बाणगङ्गा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बलाराम ज्ञवालीको विशिष्ट आतिथ्यता, सदस्य सुर्य प्रसाद भुसाल, विश्व हिन्दु महासंघका जिल्ला सचिव कृष्ण खनाल, आयोजक संस्थाका केन्द्रिय सदस्य हिमालय भुसाल, अतिथि सेवा निर्वित्त शिक्षक ज्ञान प्रसाद पाण्डे, लगायतको उपसिथती रहेको थियो ।

उपाध्यक्ष यमलाल भट्टराईको स्वागत तथा बुद्धी सागर बेल्वासको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *