जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले सोमबार १५औं नगरसभामा आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेकी हुन् ।
जसमा सामाजिक विकासतर्फ ९१ करोड ११ लाख ५१ हजार, आर्थिक विकासतर्फ ७ करोड २७ लाख ७४ हजार, पुर्वाधार विकासतर्फ ४१ करोड ६९ लाख ९९ हजार, वातावरण तथा विपत व्यवस्थापनका लागी २ करोड १ लाख १० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २० करोड ३५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक बर्षको कुल खर्च चालुतर्फ १ अर्ब १५ करोड ४० लाख ३० हजार र पुँजीगततर्फ रु।४७ करोड ६ लाख ५४ हजार विनियोजन गरिएको छ । नगर उपप्रमुख चौधरीले निति, कार्यक्रम तथा बजेटको मुख्य उद्देश्य समावेशी, समानुपातिक, सहभागितामूलक कार्यक्रम संचालन गरि जनताको खुशियाली अभिवृद्धि गर्ने रहेको बताईन् ।

