चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी पाचौँ मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ । चारनम्बर स्थित बुद्धरगंशालामा आज मंगलबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १—० गोल अन्तरले हराउँदै ४ ले उपाधि जित्न सफल भएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
उपाधि जिते सङ्गै वडा नम्बर ४ ले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको वडा नम्बर २ ले ७५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सान्तवना बनेका वडा नम्बर १ र वडा नम्बर १० ले ३०/३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
गत ७ गतेदेखि सुरु भएको खेलमा ११ वटै वडाहरको सहभागिता रहेको थियो । प्रतियोगिता बाट सबै भन्दा धेरै गोल हान्ने खेलाडीको रुपमा वडा नम्बर २ का मिलन क्षेत्री छनौट भएका छन । त्यस्तै उत्कृष्ट खेलाडी वडा नम्बर ४ सञ्जु सेन, वेस्ट मिड फिल्डरमा वडा नम्बर २ का युवराज चौधरी, उत्कृष्ट गोल किप्पर वडा नम्बर ४ का कृष्ण जिसी, अनुसासित टिम वडा नम्बर १ हुन सफल भएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जि.सी. ले जनहित सङ्ग बताउनुभयो ।









