बाणगंगामा सञ्चालित पाचौँ मेयर कपको उपाधि वडा नम्बर ४ ले जित्यो
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी पाचौँ मेयर कपको उपाधि वडा नम्बर ४ ले जितेको छ । चारनम्बर स्थित बुद्धरगंशालामा आज मंगलबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १—० गोल अन्तरले हराउँदै ४ ले उपाधि जित्न सफल भएको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग […]
दोस्रो टी–२० अभ्यास खेलमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी
काठमाण्डाै । आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो । त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १ सय २७ रन मात्र बनाउन सक्यो । उसका लागि […]
मेरोमाइक्रोफाइनान्स जितपुरको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि
चेतन विष्ट,कपिलवस्तु । मेरोमाइक्रोफाइनान्स जितपुर शाखाको वार्षिक केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि सम्पन्न भएको छ । वित्तीय कारोबारलाई व्यवस्थित र मर्यादित गराउने उद्देश्य मगंलबार साक्षरता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मि मगरले सहकारी तथा लघुवित्त संस्थाले प्रदान गरेको आर्थिक स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगानी […]
नेता-कार्यकर्ताप्रति शंकर पोखरेलको असन्तुष्टि : स्वार्थका लागि हुल बाँधेरै प्रतिस्पर्धा गर्न उत्रिरहेका छन्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कमिटीमा टीम बनाएर भइरहेको प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाएका छन् । बागमती प्रदेश कमिटीको बैठकमा सम्बोधन गर्दै नीति र नेतृत्व र राजनीतिक मुद्दा फरक नभए पनि केहीले व्यक्तिगत स्वार्थको लागि टीम बनाइरहेको आरोप लगाए । उनले भने, ‘यतिबेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा विवाद छैन । राजनीतिक मुद्दामा पनि […]
रुकुम पूर्वमा एक वर्षमा १८५ वटा अवैध हतियार बरामद
रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक वर्षमा १८५ वटा अवैध हतियार बरामद गरेको छ । गत वर्षको फागुनदेखि यही चैत १२ गतेसम्म कार्यालयले उक्त परिमाणमा अवैध हतियार बरामद गरेको हो । बरामद हतियारमध्ये १८३ भरुवा बन्दुक र दुई थान पेस्ताल रहेको प्रहरीले जनाएको छ । यही हप्तामात्रै भुमे गाउँपालिका–४ र १ स्थित […]
रुपन्देहीमा होलीको दिन ४ वटा दुर्घटना, १ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा होली सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरीले ३१७ सवारी साधनलाई सवारी नियम उल्लङ्घन गरी चलाइएको आरोपमा नियन्त्रणमा लिएको छ। होलीका क्रममा रुपन्देहीमा ४ वटा दुर्घटना भएको र सोही क्रममा एकजनाको ज्यान गएको तथा ३ जना घाइते भएका छन् । अमर्यादित होली खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका […]
नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन

काठमाडौँ । नेपाल प्रहरीका २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै २३ जना कर्मचारी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको जनाएको हो । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा पनि सम्पर्कमा नआए आवश्यक कारबाही प्रक्रिया […]
बाँकेमा श्रीमतीको हत्य, श्रीमान पक्राउ
खजुरा । कोहलपुर प्रहरीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले बाँकेको कोहलपुरमा आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा बाँसगढी नगरपालिका वडा नं. ४ बर्दियाका २२ वर्षीय अनिल विकलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार चैत १२ गते विकले […]
असिना पानीले पश्चिम नवलपरासीमा गहुँ र तरकारीमा क्षति
नवलपरासी पश्चिम । गएराति परेको असिना पानीले पश्चिम नवलपरासीमा गहुँ र तरकारीमा क्षति पुर्याएको छ ।सुनवल, रामग्राम, पाल्हिनन्दन, प्रतापपुर क्षेत्रमा असिनाले लाखौं रुपैयाँको तरकारी र गहुँमा क्षति पुर्याएको हो । सबैभन्दा बढी क्षति गहुँबालीमा पुर्याएको छ । काट्ने समय हुन लागेको गहुँमा असिना पर्दा काम नलाग्ने अवस्था भएको छ । रामग्राम नगरपालिकाको वडा नम्बर १० […]
गैरकानुनी तवरले बसेका पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका […]