बाणगंगामा आगलागी हुँदा ३ घर जलेर नष्ट, ९ वटा बङ्गुर पनि मरे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन । सोमबार बिजुलीको तार सर्ट भएर लागेको आगोले ३ वटा घर सङ्गै बङ्गुर फर्म जल्दा ९ वटा बङ्गुर समेत मरेका छन ।

दिल बहादुर थापाको बङ्गुर फर्ममा लागेको आगोका कारण साना ठुला गरि करिब ९ वटा बङ्गुर मर्दा करिब ८ लाख बराबरको क्षति भएको छ । त्यस्तै केशव बहादुर थापा, दुध बहादुर चौधरी र बालकुमारी सुनार को घर जल्दा १/१ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

बाणगंगा ८ स्थित पुलचोक वस्तीमा लागेको आगो केहि घण्टा पछि ३ वटा दमकल, २१ जना प्रहरी, स्थानीय लगायतको समुहले नियन्त्रणमा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *