बाणगंगाको ढोडेकोलमा श्रीमान श्रीमती मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एस.पि. हरि बहादुर ओलीले जनहित अनलाइनलाई दिएको जानकारी अनुसार आज बिहान बाणगंगा ८ को ढोडेकोलमा करिब ५५/५६ वर्षकी जुठि भुषाल र करिब ६०/६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन ।

करिब ८ः३० बजे प्रहरीलाई खबर भएपछि घटना स्थलमा पुग्दा महिला विस्तारमा मृत र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा फेला परेको डि.एस.पि. ओलीले ले जनहित सङ्ग बताउनुभयो ।

घटनाको बारेमा डिएसपि सहितको टोलिले अनुसन्धान गरिरहेकोले बाँकि कुरा अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *