जनहित अनलाइन, कपिलवस्तु । बदलिदो जीवनशैलिका कारण निम्तिने समस्यालाई मध्यनजर गर्दै बाणगंगाका दुई युवाहरुले बाणगंगाको चारनम्बरमा जिम हाउस सञ्चालनमा ल्याएका छन । विलासीता उपभोग बाट निम्तिने शरीरिक तथा मानसिक समस्यालाई शारीरिक व्यायाम मार्फत समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको उनीहरुले बताए ।
बाणगंगाका सुगम खनाल र शुसील आचार्यले उक्त जिम हाउस सञ्चालन सञ्चालनमा ल्याएका हुन । युवा पुस्ता मात्र नभएर हरेक उमेरका महिला तथा पुरुषहरुको लागि उपयुक्त हुने गरि जिम हाउस सञ्चालन गरिएको उनीहरुले बताए
जिम हाउसमा उपलब्ध हुने प्राय सबै सेवा सुविधा सहित सञ्चालन गरिएको उनीहरुले बताएका छन । अहिले उक्त हाउसमा ३ जनलाई रोजगरा समेत दिइएको उनीहरुले बताए ।


