बागलुङमा रात्रिबस दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु, २५ जना घाईते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बागलुङ प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्ग हुँदै सोमबार बिहान काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका– ६ जाउलेपानीमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परेर मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

घटनास्थल पुगेका निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बसमा कति जना थिए भन्ने पनि एकिन भइसकेको छैन। जंगल र भिरालो ठाउँमा दुर्घटना भएकाले घाइते र मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ ।

उहाँका अनुसार खोल्सामा अझै पनि यात्रुको खोजी भइरहेको छ, बसका चालकको पनि मृत्यु भएको छ ।  घाइतेको उपचार गर्न प्राथमिक उपचार केन्द्र बुर्तिवाङ पठाइएको छ। दुर्घटनामा परेका यात्रुको खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको पहिचान भइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *