काठमाडौँ । काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती(मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।
आज दिउँसो काठमाडौँ उपत्यकालगायत धेरै स्थानमा भारी वर्षा भएको छ।


