बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।

सन्धिखर्क नगरपालिका(८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवर पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।

कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका(६ स्थित जंगलमा ललाइ फकाइ लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। -सेतोपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *