बर्दिया बाट सुस्त मनस्थिति भएकी महिलालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्दिया । गुलरिया नगरपालिका–६ शान्तिटोलमा एक सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय ५६ वर्षिय सईद अहम्मद मनिहारलाई पक्राउ गरेको हो । उनले करिब २७ वर्षकी ती महिलालाई बिहीबार राति सवा दश बजे घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलसीराम अर्यालले जानकारी दिए ।

उनका अनुसार ती महिलामाथि बलात्कार भएको स्थानीयबासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *