फेरिदै जन्मदिन मनाउने तरिका, खर्च भन्दा बचत गरेर मनाइदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । जन्मदिनलाई पछिल्लो समय फरक तरिकारले मनाउन थालिएको छ । अत्याधिक पैसा खर्च गरेर जन्मदिनलाई तडकभडक रुपमा मनाउने परम्परा केहि व्यक्ति बाट भने हट्दै गएको छ ।

यसैबिच कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ निवासी व्यवसायी कमल पाण्डेले आफ्नो जन्मदिनको अवसरमा पाँच लाख पोलिसीको जीवन बीमा गरेका छन । साथिभाइ सङ्ग तामझामका साथ भोज भतेर गर्नु भन्दा बुढेसकालको समयलाई ख्याल मध्यनजर गर्दै वीमा गरेको उनले बताए । उनी विभिन्न पेसा सङ्गै हाल चारनम्बर स्थित बजाज सोरुममा सेल्स म्यानेजरको रुपमा कार्यरत रहेका छन ।

यसैबिच प्रभु महालक्ष्मी जीवन बिमा बुटवल कार्यलयका एजेन्सी म्यानेजर बिस्नु पाठक र बुटवल शाखाका म्यानेज गणेश भुसालले विशेष अवसर पारेर विमा पोलिसी उपहार बनाउने कार्य बढ्दै गैरहेको जानकारी दिनुभयो यस्तो व्यवहारले भविष्यको सुरक्षामा ठुलो योग्दान गर्ने भन्दै यस प्रचलनाई संस्कारको रुपमा लैजानु पर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *