फाइनल खेल चलिरहदा मैदानमा कुकुर प्रवेश गरेपछि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिष्णु खरेल, कपिलवस्तु बाणगंगास्थित बुद्धरंगशालामा भएको प्रथम तिलौराकोट गोल्डकपको फाइनल खेल हनामी बिएफसी चितवन र नेपाल पुलिस क्लब बिच चलिरहदा खेल मैदानमा कुकुर प्रवेश गर्यो । उक्त समय सम्म एक एक गोल हात पार्न सफल भएको हनामी बिएफसी चितवन र नेपाल पुलिस क्लव बिच प्रतिस्पर्धात्मक खेल भैरहेको थियो । जब मैदानमा कुकुर प्रवेश गर्यो दर्शकहरुको हुटिङ्ग बढ्न थाल्यो, १ मिनेट जति गेम रोकियो, खेल रोमाञ्चक भएको थियो नै ! चार सय रुपैँया टिकट काटेर प्रवेश गरेका दर्शक मैदानमा कुकुर प्रवेश गरेपछि गेम हेर्न छोडेर उठेर कुकुर तिर हुटिङ्ग गर्दै चिच्याउन थाले । गेम झनै रोमाञ्चक हुन थाल्यो । उतिखेरै आयोजकले कुकुरलाई मैदान बाट निकाल्यो र खेल पुन सुरु गर्यो ।

आधा दर्शक हनामीको समर्थनमा देखिन्थे भने नेपाल पुलिस सहित आधा दर्शक पुलिस क्लवको समर्थनमा देखिन्थे । खेलको लागि छुट्याइएको निर्धारित समय दुबै टिमले एक एक गोल हात पार्दै सकियो र खेल टाई ब्रेकर को निर्णयमा गयो । टाई ब्रेकरमा हनामी बिएफसी चितवनले ३ गोल प्राप्त गर्यो भने नेपाल पुलिस क्लबले २ गोल प्राप्त गर्यो । हनामी बिएफसीले नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले प्राजित गर्दै हनामीले उपाधि हात पर्न सफल भयो ।

लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको बिजेता हनामी बन्यो, हनामीले ११ लाख ११ हजार १ सय ११ शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो । भने उपविजेता पुलिस क्लवले ५ लाख ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो । सेमिफाइनलमा थ्रीस्टारलाई हराएर फाइनल प्रबेश गरेको नेपाल पुलिस क्लव र सुदुरपश्चिम लाई हराएर फाइनल प्रबेश गरेको हनामि विएफसी बिचको फाइनल खेल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *