प्लस टु को नतिजामा लुम्बिनी भिजन ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उत्तीर्ण भएको दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ ।

उक्त कलेजका छात्र सन्दिप आचार्यले ३।६१ जिपिए सहित ९० प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले  जानकारी दिनुभयो । यस अघि पनि विभिन्न नतिजामा लुम्बिनी भिजन कलेज जिल्ला मात्र नभएर लुम्बिनी प्रदेशकै उत्कृष्ट हुंदै आएको छ ।

क्याम्पसका अध्यक्ष सरोज खनाल र क्याम्पस प्रमुख सुन्दर पाण्डेले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक कर्मचारीहरुलाई धन्यावद ज्ञापन गर्नुभएको छ । साथै शैक्षिक गुणस्तरका लागि क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *