प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ स् आईजीपी कार्की

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमान्डौ।  प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा प्रहरी सधैं निशानामा पर्ने गरेको गुनासो गरेका छन् । उनले आवश्यक पर्दा प्रयोग गरिने र नचाहिँदा बेवास्ता गरिने अवस्थालाई जनाउँदै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले यस्तो बताएका हुन् ।

विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरी संरचनाहरू नै मुख्य निशाना बनेको उल्लेख गर्दै उनले भने, ‘मूलतः यसपालिको आन्दोलनमा पनि नेपाल प्रहरीका थुप्रै संरचनाहरू ध्वस्त पारिएका छन् । यसअघि भएका विभिन्न राजनीतिक तथा अन्य प्रकृतिका आन्दोलनहरूमा समेत नेपालको इतिहासमा धेरैपटक प्रहरी नै तारो बनाइएको छ ।’

उनले थपे, ‘प्रहरीलाई चाहिँदाको भाँडो र नचाहिँदाको ठाँडो बनाउने प्रवृत्ति पनि देखिन्छ ।’

आईजीपी कार्कीले यस्ता प्रवृत्ति रोक्न र शान्ति सुव्यवस्था मजबुत बनाउन नागरिक र प्रहरीबीचको साझेदारी अपरिहार्य रहेकोमा जोड दिए । त्यसका लागि नागरिकसँग सामिप्यतापूर्ण सम्बन्ध कायम गर्दै काम गर्न सम्पूर्ण दर्जाका प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिएका छन् ।

‘नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताबाट मात्र देशभर शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ । यो शाश्वत सत्य भएकाले नागरिक–प्रहरीबीचको विश्वास र सहकार्यलाई निरन्तर मजबुत बनाउँदै अघि बढ्न म सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिन्छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *