प्रथम कपिलवस्तु व्यापार मेलामा चौथो दिन ४ हजार दर्शकले गरे अवलोकन, आज प्रकाश दुतराज आउदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा।  बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत मंसिर ८ गते सोमबार करिब ४ हजार दर्शकले अबलोकन गरेका छन् । चौथो दिन गायक विष्णु खत्री, भोजपुरी गायक कपिलदेव धवल, बस्न्त लम्साल, बर्षा लम्साल लगाएतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए । मंगलबमर मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रकाश दुतराज, रितु थापा, विधान कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक भाट क्षेत्रीले बताए ।
मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु। १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *