प्युठानकी महिलालाई टिकटकमार्फत ठगी गर्ने युवक बुटवलबाट पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्युठान। सामाजिक सञ्जाल त्ष्पत्यप मार्फत एक महिलालाई झुक्याएर दुई लाख बीस हजार रुपैयाँ ठगी गरेको अभियोगमा जाजरकोट जिल्ला धालाटैकर गाउँपालिका–६ निवासी धर्मराज रोकायलाई प्रहरीले बुटवलस्थित एक होटलबाट पक्राउ गरेको छ।

स्वर्गद्वारी नगरपालिका घर भएकी पीडित महिलाले २०८१ चैत ९ गते जिल्ला प्रहरी कार्यालय प्युठानमा दिएको उजुरी अनुसार रोकायले आफूलाई भारतीय सेनामा कार्यरत सुर्खेत ईतराम घर बताउने भनी त्ष्पत्यप मार्फत चिनजान गरेका थिए।

प्रहरीले २०८२ वैशाख ५ गते बुटवलबाट उनलाई पक्राउ गरी सम्मानित प्युठान जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।
यस प्रकारका घटना बढ्दो देखिएकाले सामाजिक सञ्जालमार्फत हुने ठगीप्रति सतर्क रहन जिल्ला प्रहरी कार्यालय प्युठानले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *