पूर्व युवा तथा खेलकुद मन्त्री श्रीर्पालीलाई पुत्री शोक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुकुमपूर्व । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीर्पालीलाई पुत्री शोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पूर्व मन्त्री श्रीर्पालीका माइली छोरी सङ्गीता श्रीर्पालीको मङ्गलबार निधन भएको हो ।

दुई वर्षदेखि पोर्चुगलको राजधानीस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । आन्द्रा त्यसपछि फोक्सो क्यान्सरबाट ग्रसित सङ्गीताको उपचारको क्रममा २९ वर्षको अल्पायुमै दुःखद निधन भएको वाइसिएल नेपालका केन्द्र अध्यक्ष समेत रहनुभएका सङ्गीताका दाजु सुबोधराज श्रीर्पालीले बताउनुभयो ।

श्रीर्पालीले भन्नुभयो, “ज्वाइँले परदेशी भूमिमा उपचारमा कुनै कुरा बाँकी राख्नु भएन । तर सबै कोसिस काम लागेन ।” स्वर्गीय सङ्गीताको श्रीमान् र चार वर्षीय एक छोरा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *