पुस २९ सम्मका लागि स्थगित बुटवलको सोह्रौं नगर सभा बैठक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा बुधबारबाट सुरु भएको छ। उद्घाटन सत्रमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगरका रूपमा विकास गर्न हरेक क्षेत्रको समानुपातिक विकासलाई प्राथमिकतामा राखिएको बताए। जनतासँग गरिएका वाचाहरू पूरा गर्न सबै जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढिरहेको उल्लेख गर्दै उनले नगर विकासमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए। साथै, नगरको प्रगतिका लागि सबैको सहकार्य आवश्यक रहेको उनले जोड दिए।

नगर सभाको पहिलो दिन उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संसोधनको प्रस्ताव टेबुल गरिन्। सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र गौशाला सञ्चालनसम्बन्धी ऐन संसोधन प्रस्ताव पेश गरे।

त्यसैगरी, विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन विधेयक, र करारमा कर्मचारी व्यवस्थापनसम्बन्धी विधेयक टेबुल गरे। सोह्रौं नगर सभा बुधबारदेखि सुरु भई आगामी पुस २९ गतेसम्मका लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *