पाल्पा बाट भरुवा बन्दुकसहित एक जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तानसेन। भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।

खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *