बिना दर्ता रुपन्देहीमा संचालित तीनवटा ट्राभल एजेन्सी कारवाहीमा
भैरहवा । बिना दर्ता अवैध रुपमा संचालनमा रहेका रुपन्देहीका तीनवटा ट्राभल एजेन्सी कारवाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले शुक्रबार स्थलगत अनुगमन पश्चात् ट्राभल एजेन्सी जरिवानासहित कारबाही गरेको हो । कारवाहीमा परेको ती एजेन्सी सिद्धार्थनगर नपा–१ बेलहियास्थित भैरहवा भन्सार नाकाको सिमा क्षेत्रमा संचालनमा रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र […]
हेल्प नेपाल राष्ट्रिय भलिबल च्याम्पियनशिपको फाइनलमा
काठमाण्डौ । आठौँ संस्करणको राष्ट्रिय भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ हेल्प नेपाल फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । अब साविक विजेता टोली हेल्प नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन […]
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ मिटरब्याज जाँचबुझ आयोग

काठमाडौं । सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन् । सरकारले यसअघि […]
पाल्पा बाट भरुवा बन्दुकसहित एक जना पक्राउ
तानसेन। भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४, ठूली पधेँरा बस्ने ४६ वर्षीय लिलाबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई बिहीबार बेलुकी भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। खत्रीको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा खत्रीलाई पक्राउ गरिएको पाल्पाका प्रहरी नायव […]
लुम्बिनीमा एमाले जिल्ला अधिवेशनको तयारी तीव्र
बुटवल । लुम्बिनी प्रदेशमा एमाले जिल्ला अधिवेशनको तयारी सुरु भएको छ । नेकपा एमाले केन्द्रीय समितिले जेठभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएसँगै प्रदेशका जिल्लामा अधिवेशनको मिति तोक्न क्रम सुरु भएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले बताए । लुम्बिनी प्रदेशमा रहेका १२ वटा जिल्लाहरूमध्ये रोल्पामा एमाले अधिवेशन सम्पन्न भइसकेको छ । पूर्वी रुकुममा चैत २९ […]
माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा शुक्रबार हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको […]
लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो: उपप्रधानमन्त्री श्रेष्ठ
लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्नुहँदै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताउनुभयो । उहाँले विश्वशान्ति स्थापनामा […]
बुटवलमा छाडा चौपाया व्यवस्थापनको अभियान सुरु
बुटवल । बुटवल क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियान सुरु भएको छ ।बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार चैत्र मसान्तसम्म नियमित रुपमा अभियान चल्ने छ । अभियान गोलपार्क, लक्ष्मीनगर चोक, नेपालगञ्ज रोड, दुर्गामन्दिर, भुड्कीचोक, सिद्धेश्वर मैदान, मिलनचोक, नयाँ बसपार्क, कालिका चोक र योगीकुटी चोक लगायतका क्षेत्रमा अभियान संचालन हुने […]
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन्। उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले […]
बर्दिया बाट बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बर्दिया । बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिई वडाध्यक्ष बास्तोलामाथि अनुसन्धान भइरहेको बताए । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि बिहीबार राति वडाध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएको डीएसपी अर्यालले […]