पहिरोले गोठ पुरिँदा अर्घाखाँचीको शितगङ्गामा एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ।

मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो।

गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका घटनास्थलबाट वडा नम्बर १३ का सचिव रामु आचार्यले जानकारी दिए। घटना स्थलमा प्रहरीले उद्धार गरीरहेको छ । – साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *