पश्चिम नवलपरासी बाट भन्सार छली गरेको १४ लाख बराबरको सामान बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

परासी । पश्चिम नवलपरासी प्रहरीले १४ लाख बराबरको भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको छ । बिहीबार र आइतबार गरेर १४ लाख बराबरको सामान बरामद गरेको हो ।

आइतबार भन्सार छली गरेर ल्याएको ७ लाख रुपैयाँको सामान र पशुचौपाया पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको हो । जिल्लाको सरावल गाउँपालिका- ७ मधवलिया दशगजा क्षेत्रमा अटोमा लोड गरेर क्वारेन्टाइन जाँच नगराएको अवस्थामा १८ वटा खसीबोका नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

५ लाख ६५ हजार बराबारको पशुचौपाया र अटो बरामद गरेर भन्सार कार्यालय महेषपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताए । यसैगरी पाल्हिनन्दन गाउँपालिका -३ बेलासपुरमा भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख २३ हजार बराबरको कपडा बरामद गरेर भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार भरतीय सीमावर्ती नाका क्षेत्रबाट ७ सात बराबरको लत्ता कपडा र घरायासी सामान बरामद गरेको थियो । -कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *