पछिल्लो ५ वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार ६ सय जनाभन्दा धेरैको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । नेपालमा पछिल्लो पाँच वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार छ सय १२ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार सात सय ५४ वटा गाडी दुर्घटना घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पछिल्लो तथ्याङ्कअनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्याभन्दा यो अवधिमा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ ।

सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजार पाँच सय जनाभन्दा धेरैकाे ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्न सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञको आरोप छ ।

सडक सुरक्षामा सरकार, चालक र अरू सम्बन्धित निकाय संवेदनशील नहुँदा हरेक वर्ष दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । नेपालमा गाडीको सङ्ख्याअनुसार दुई पाङ्ग्रे गाडी दुर्घटनाको सङ्ख्या धेरै रहेको छ तर मानवीय क्षति धेरै गराउने गाडीमा भने यात्रुवाहक गाडीको सङ्ख्या बढी छ ।

प्रहरीको अध्ययनले चालक, गाडी, सडक पूर्वाधार, यात्रु र मौसमका कारणले सडक दुर्घटना भएको औँल्याएको छ । यसमा पनि चालक र गाडीको खराब अवस्थाका कारण भएको दुर्घटना धेरै भएको देखिन्छ । ट्राफिक प्रहरीले नियम मिच्ने चालकलाई कारबाही पनि गरेको छ तर पनि गाडी दुर्घटना बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *