जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, कपिलवस्तुको बाणगंगा १० मा पहिलो वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवक बाणगंगा १० का अध्यक्ष विष्णु चौधरीको अध्यक्षता, संघका संस्थापक राष्ट्रिय अध्यक्ष खेमराज पौडेलको प्रमुख आतिथ्यतामा, प्रदेश अध्यक्ष गिरिजेशसरण चौधरीको विशिष्ट आतिथ्यता, नगर सचिव कल्पना कुवर, संघका नगर सदस्य फणीन्द्र रिजाल, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
पहिलो मासिक बैठकमा वडा स्तरिय १५ सदस्यीय समितिाले पदभार ग्रहण समेत गरेको थियो । जसमा अध्यक्ष बिष्णुमणी चौधरी, उपाध्यक्ष अब्दुलहक शेख, अस्मिता गौतम, सचिव सम्झना शर्मा, सहसचिव माधव गौतम, कोषाध्यक्ष चिन्तामणि ढुंगाना, सदस्य राजेन्द्र भुसाल, प्रदिप चौधरी, शारदा भण्डारी, राजाराम थारू, विशाल चौधरी, दिपक थारू, कमला थारू रहनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवक संघलाई विस्तारै ७५३ वटै नगरपालिका सहित हरेक वडामा कमिटि विस्तार गर्दै लैजाने बताउनुभयो । खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरू भित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यो संस्थाको मूख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
समाजमा रहने हरेक तह र तप्काका मानव् स्रोत हरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल् मर्म हो। यसको स्थापना विसं २०७६ सालमा भएको हो।
नेपाल स्वयंसेवक संघ नामबाट नै प्रष्ट छ कि आफ्नै देशको सेवा गर्ने स्थायी रूपमा, आर्थिक, शैक्षिक, सामाजिक, खेलकुद लगायत सम्पूर्ण पूर्वाधारको विकास गर्ने उद्देश्यले स्थापना भएको थोरै समयमा पनि यसले आफ्नो स्वरूप पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्म विराट संरचना खडा गर्न सफल भएको छ। जिल्ला तथा प्रदेशमा अन्तर्क्रिरया कार्यक्रम निरन्तर चलेका छन् र समाजलाई सकारात्मक सोच बढाउन प्रयासरत छौँ जुन समाजमा लुकेको छैन ।
हामी जाग्नको लागि एकजुट भई राष्ट्र हितको लागि नीति समाजपोषित बनाउने, महान् बुद्धको सद्ज्ञान, विश्व गगनमा फैलाउने र पुनः नेपाली माटोका विषयमा स्वर्णीम भाग्य लेख्ने मसी बनाउने लक्ष्य लिएर हिँडेका छौँ । यति मात्र नभएर स्वर्गको टुक्रा ठानिने नेपालको सांस्कृतिक, प्राकृतिक सम्पदाहरूको तिव्र विकास गरी आर्थिक क्षेत्रमा समेत उच्च स्थान हासिल गर्ने, यसको लागि हामी सबै एकजुट हुँदै छौँ र बाँकी सबै हुनुहुनेछ भन्ने आशा साथै भरोसा छ। हामी आफैं हाम्रो देश बनाउने छौँ ।
यदि कुनै पनि व्यक्तिले नेपाल् स्वयम् सेवक संघमा आवद्ध हुन चाहेमा सामाजिक कार्यमा सकृय रहने तथा कुनै फौजादारी मुद्धा नलागेको र मगज नबिग्रेको कुनै पनि १८ वर्ष उमेर नाघेको ले यसमा सदस्य बनी समाजमा समाज विकासमा आफ्नो सहभागिता जनाउन सक्नेछन् भन्दै संस्थाका अध्यक्ष खेमराज पौडेलले सर्वसाधारणलाई यसमा आवद्ध हुन अनुरोध गर्नुभयो ।
नगर सचिव कल्पना कुवरको प्रशिक्षण रहेको कार्यक्रमको सञ्चालन वडा समिति सचिव सम्झना शर्माले गर्नुभएको थियो ।

