नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा पोख्रेल चयन
जनहित अनलाइन, कपिलवस्तु । नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा सुभद्र पोख्रेल चयन हुनुभएको छ । विभिन्न जिम्मेवारी सहित पोख्रेललाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । केन्द्रिय अध्यक्ष सराजे बानियाले जिल्लामा बिबिध कार्यक्रमहरु संचालन गरी युवाहरुलाई सशक्तिकरण एवं उद्यमी बनाउन प्रेरित गर्ने उद्देश्यका साथ संयोजकको भुमिका प्रदान गरिएको जनाउनुभएको छ ।
पिपरा प्रहरी प्रमुख रायमाझी सम्मानित
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट कार्य गरेको भन्दै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जंग रायमाझीलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालयको मातहत प्रहरी प्रमुखहरुलाई निर्देशन तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान कार्यक्रममा प्रहरी निरिक्षक रायमाझी सम्मानित हुनुभएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेललले उत्कृष्ट कार्य गरेको भन्दै […]
कपिलवस्तु उद्योग ब्यापार संघद्वारा मन्त्री अधिकारीलाई स्वागत तथा सम्मान
कपिलवस्तु । कपिलवस्तु उद्योग ब्यापार संघले भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । शनिवार मन्त्रीको पदभार ग्रहण गरिसकेपछि पहिलोपटक गृह जिल्ला आउनुभएका मन्त्री अधिकारीलाई स्वागत गरेको हो । स्वागत कर्याक्रममा बोल्दै मन्त्री अधिकारीले देशको आर्थिक अवस्था चलायमान गराउन उद्योगी तथा व्यवसायीहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पछिल्लो […]
नेपाल स्वयंसेवक संघको बाणगंगा १० मा पहिलो वडास्तरीय प्रशिक्षण सम्पन्न
जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, कपिलवस्तुको बाणगंगा १० मा पहिलो वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवक बाणगंगा १० का अध्यक्ष विष्णु चौधरीको अध्यक्षता, संघका संस्थापक राष्ट्रिय अध्यक्ष खेमराज पौडेलको प्रमुख आतिथ्यतामा, प्रदेश अध्यक्ष गिरिजेशसरण चौधरीको विशिष्ट आतिथ्यता, नगर सचिव कल्पना कुवर, संघका नगर सदस्य फणीन्द्र रिजाल, लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न […]