नेपाली महिला क्रिकेट टोलीका पूर्व कप्तान थापाको सन्यास

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । उनको कप्तानीमा महिला राष्ट्रिय टोलीले सन् २००८ र २०१० मा एसीसी १९ वर्षमूनीको महिला च्याम्पियनसिपको उपाधि जितेको

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका पूर्व कप्तान नेरी थापाले सन्यासको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् नेरीले आफ्नो १७ वर्षे क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरेकी हुन् । उनी नेपाली महिला क्रिकेट टोलीको पहिलो कप्तान पनि हुन् ।

उनको कप्तानीमा महिला राष्ट्रिय टोलीले सन् २००८ र २०१० मा एसीसी १९ वर्षमूनीको महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *