नेपालगन्जमा पहिचान खुल्न नसकेको शव भेटियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगन्ज। बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक महिलाको शव फेला परेको छ।

नेपालगन्ज १० को महेन्द्र बहुमुखी क्याम्पस नजिकै नेपाली मूलको जस्तो देखिने अन्दाजी ३३ वर्षको नाम, थर, वतन नखुलेको एक महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस नजिकै एक जना महिलाको शव भेटिएको जनाउँदै सनाखतका लागि सहज होस भने प्रहरीले सामाजिक सञ्जालमा तस्बिर र जानकारी हालेको बताउनुभयो।

ती महिलाको शवलाई प्रारम्भिक अनुसन्धान पश्चात् हाल भेरी अस्पताल नेपालगन्जको शव गृहमा राखिएकोले उक्त मृतक महिलालाई चिन्नु हुनेहरूले प्रहरी कार्यालय बाँकेमा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले थप अनुसन्धान समेत गरिरहेको जनाएको छ। नेपालगन्जको धम्बोझीस्थित नालामा पनि केही दिन अघि मात्रै एक जना पुरुषको शव भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *