नियम अनुसार सामुदायिक अस्पतालका समस्या सम्बोधन गर्न तयार छुः मन्त्री पुन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले नियम कानुनले दिए सम्म कपिलवस्तु सामुदायिक अस्पतालको विकासमा सहयोग पुर्याउने बताउनुभएको छ । स्वास्थ्य संवेदनसील क्षेत्र भएकाले यसको विकासको लागि कसैले पनि आफ्ठ्यारो पार्न नहुने उहाँले बताउनुभयो ।

शुक्रबार कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजना गरिएको स्वागत तथा सम्मान कर्याक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो । विगतमा आफु जस्ता कयौँ मन्त्रीहरुले सहयो गर्ने प्रतिबद्धता जनाएपनि नियम कानुनकै कारण समस्या पर्ने गरेको उहाँले बताउनुभयो । ‘विगतका साथिहरुले गरेका प्रतिबद्धताहरु तपाइले नोट गरेर राख्नुभएको छ । अहिले समस्या सङ्कलन गरेको छु, म नियम कानुन बुझेर मात्र तपाइहरुका गुनासोहरुलाई सम्बोधन गर्ने छु ।’ उहाँले भन्नुभयो ।
सामुदायिक अस्पतालहरुमा सिधै सरकारी डाक्टरहरु ल्याउन समस्या हुने भएकाले विभिन्न शिविरहरु आयोजना गर्न सकिने उहाँले बताउनुभयो । यहाँ आउने बिरामीहरुको सङख्यालाई मध्यनजर गर्दै अस्पतालको सेवा विस्तारको लागि आफुले सहयोग गर्ने उहाँले बताउनुभयो । साथै उहाँले अस्पतालको निरिक्षण समेत गर्नुभएको छ ।

May be an image of 3 people, dais and text

त्यस्तै नेकपा माओवदि केन्द्रका जिल्ला अध्यक्ष विष्णु बेल्वासेले अस्पतालमा पनि कतै न कतै सेटिङ्ग हुने गरेको भन्दै स्वास्थ सेवा र अस्पतालमा राजनीति गर्न नहुने बताउनुभयो । कपिलवस्तु सहित छिमेकी जिल्लाका समेत बिरामीहरु आउने भएकाले अस्पतालको विकासमा पहल गर्न मन्त्री पनु समक्ष आग्रह गर्नुभयो ।

May be an image of 1 person and smiling

त्यस्तै कार्यक्रममा बोल्दै अस्पतालका सल्लाहकार शंकर पाण्डे, नेपाली कांग्रेस नगर सभापति विष्णु थापा, सल्लाहकारहरु बालकुमारी पन्त, रवि बाहादुर काफ्ले, महिला नेत्री विमला गैरे लगायतले बोल्दै अस्पतालमा विशेषज्ञ डाक्टर, आवश्यक कर्मचारी र उपकरणको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

May be an image of 5 people and text

अस्पतालका वरिस्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता, उपाध्यक्ष राम पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश) ले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादिका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चाज रुद्र बन्जाडे, प्रदेश सचिवालय सदस्य नारायण भुसाल, नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरी, माओवादी नगर अध्यक्ष देवराज अर्याल, नगर सचिव प्रेम विक, नेपाली कांग्रेस नगर सचिव सुर्य बराल, अस्पतालका प्रतिनिधि, कर्मचारी, विभिन्न राजनैतिक दल तथा संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 8 people, temple and text

May be an image of 2 people and dais

May be an image of 1 person and studying

May be an image of 2 people and dais

Leave a Reply

Your email address will not be published. Required fields are marked *