निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा। निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।

रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

अदालतमा म्याद थप नगर्ने बताएपछि अब हिरासतबाहिरै राखेर अनुसन्धान हुने कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो ।

फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका भुसाललाई पक्राउ गरी आइतबार बिहानै पोखरा ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *