धिरी खोला सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची।  अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका १३ भंगालाको १९ औँ वार्षिक साधारण सभा आज उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। समूहका अध्यक्ष नारायण पौडेलको अध्यक्षता सितगंगा नगरपालिका वडा नं। १३ का वडाध्यक्ष दुर्गा बि.सी को प्रमुख आतिथ्यता ,कार्यक्रममा सितगंगा–१२ का वडाध्यक्ष चोप बहादुर घर्ति मगर, वाणगंगा सब–डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अर्जुन प्रसाद चापागाई विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । साथै डोहोटे सामुदायिक वनका अध्यक्ष रेशमराज वन्जाडे, मुसियान सामुदायिक वनका अध्यक्ष ऋषि भाट क्षेत्री, लगायत समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उललेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बी।सी।ले सामुदायिक वनलाई “समाज विकासको पहरेदार” को रूपमा चित्रित गर्दै यसको संरक्षण, विस्तार र दिगो उपयोगमा उपभोक्ताको भूमिकालाई सबैभन्दा महत्त्वपूर्ण रहेको भन्दै सामुदायिक वन केवल काठ–दाउराको स्रोत मात्र नभई रोजगार सिर्जना, जीविकोपार्जन, वातावरण संरक्षण र सामुदायिक आर्थिक सबलीकरणको मेरुदण्ड भएको भन्दै यसको विकासमा सबै उपभोक्ताहरू एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नु भयो ।

साधारण सभामा समूहले ३५ उपभोक्तालाई निरन्तर रूपमा रोजगारी प्रदान गर्दै आएको जानकारी प्रस्तुत गरियो। साथै जीविकोपार्जन तथा आर्थिक सशक्तिकरणका लागि समूहले आवश्यकताअनुसार सहुलियत दरमा ऋण सुविधा उपलब्ध गराउँदै आएको छ ।
अध्यक्ष पौडेलले अर्घाखाँची जिल्लामा कामको हिसाबले प्रथम रहने धिरी खोला समुदायिक वनले सबै आय–व्ययमा पूर्ण पारदर्शिता कायम गर्दै आएको पनि बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गोमा भुषालले प्रस्तुत गरिन्। कार्यक्रमको सञ्चालन सचिव नमकला बिरकट्टाले गरेकी थिइन्। समूहका कोषाध्यक्ष कुलबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। समूहका अध्यक्ष नारायण पौडेलले संस्थाको आगामी कार्ययोजना, लक्ष्य तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनलाई अझ प्रभावकारी र दिगो बनाउने अध्यक्ष पौडेलल्े प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *