धारिलो हतियार प्रहार गरी नेपालगञ्जमा युवकको हत्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । बाँकेको नेपालगञ्जमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २१ का २२ वर्षीय अरबी खान खेतमा मृत भेटिएका हुन ।

उनको घाँटीमा धारिलो हतियार प्रहार देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। शवको प्रकृति हेर्दा शनिबार नै हत्या भएको देखिने उनले बताए।

‘घारिलो हतियारले रेटेर युवकको घाँटीको अधिकांश भाग काटिएको अवस्थामा शव फेला परको छ,’ डिएसपी डाँगीले भने ‘ हत्या राति नै भएको देखिन्छ।’ घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

अहिलेसम्म ६ जनासँग सोधपुछ गरिएको र शंकास्पद अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले बताए। मृतक युवकको डेढ वर्षअघि मात्रै विवाह भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *