पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश

कपिलवस्तु । नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले ४८औँ मिनेटमा गोल गर्नुभयो । उहाँले पृथ्वी चौधरीको पासमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । साहाराले दोस्रो हाफमा पाएको पेनाल्टीको अवसर गुमाउँदा हार खेपेको हो […]

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को सान्त्वना जित

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिजमा सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई तीन रनले हरायो । सिरिज भने यसअघिनै आयरल्यान्डले जितेको थियो । यस नतिजासँगै आयरल्यान्ड २–१ ले विजयी भयो । नेपाल पहिलो खेलमा २१ रन र […]

लुम्बिनीमा कामचलाउ सरकारले बजेट निर्माणमा अलमल

रुपन्देही । लुम्बिनी सरकार अहिले कामचलाउ छ । बजेट बनाउने समयमा विभागीय मन्त्री छैन । सरकार रहन्छ कि रहँदैन भन्ने टुंगो नलाग्दा कर्मचारीहरु अन्योलमा छन् । केन्द्रमा सत्ता समीकरण फेरिसँगै प्रदेशमा त्यसको प्रभाव परेको छ । जसले बजेट निर्माणमा अन्योल देखिएको हो । फागुन २३ गते माओवादी केन्द्रले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि […]

सुनको भाउमा फेरि नयाँ रेकर्ड, एकैदिन १६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । नेपाली बजारमा सुनकाे भाउमा फेरि नयाँ रेकर्ड बनेकाे छ । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च विन्दु १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यसअघि गएकाे शुक्रवार सुनको भाउ २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ पुग्दा रेकर्ड बनेकाे […]

धारिलो हतियार प्रहार गरी नेपालगञ्जमा युवकको हत्या

दाङ । बाँकेको नेपालगञ्जमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । नेपालगञ्ज उपमहानगरपालिका २१ का २२ वर्षीय अरबी खान खेतमा मृत भेटिएका हुन । उनको घाँटीमा धारिलो हतियार प्रहार देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। शवको प्रकृति हेर्दा शनिबार नै हत्या भएको देखिने उनले बताए। ‘घारिलो हतियारले […]

झाडापखालाबाट एक बालिकाको मृत्यु, ९ जना बिरामी

पाल्पा । पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरले जानकारी दिएका छन् । उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका […]

एसइईमा विद्यार्थीलाई चिट चोर्न सघाउने बाँकेका दुई परीक्षा निरीक्षक निष्कासित

खजुरा। बाँकेको एक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ । राप्तीसोनारी गाउँपालिकाको सिद्देश्वर माध्यमिक विद्यालय सिधनवा परीक्षा केन्द्रमा आइतबार गणित विषयको परीक्षा सञ्चालनका क्रममा विद्यार्थीहरूले गाइड राखेर चिट चोरी रहेको अवस्थामा सोही कक्षाकोठामा डिउटी गरिरहेका परीक्षा निरीक्षक द्वय दिर्घराज बजगाईँ र सविता कसेराले विद्यार्थीहरूलाई चिट चोर्न […]

रूपन्देहीमा १३ सय ४६ जना बालबालिका कुपोषित

भैरहवा । पोषण तत्वको कमीका कारण रूपन्देहीमा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ । रूपन्देही जिल्लाका ६ वटा गाउँपालिका कुपोषणको हिसाबले उच्च जोखिममा भएको एक तथ्याङ्कले देखाएको छ । जिल्लाका बिभिन्न स्थानीय तहमा मुवाक स्क्रिनिङ्ग क्याम्पबाट १७ हजार ४ सय ९९ जनाको चेक जाँचका क्रममा जम्मा १३ सय ४६ जना बालबालिका कुपोषित भएको पाइएको छ । […]