देशभर ५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेपाल सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको महिला उत्थान समन्वय इकाईकी प्रमुख नीति शर्माले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७५र०७६ बाट यो कार्यक्रम लागू गरिएको थियो । चालु आर्थिक वर्षमा मात्रै १ सय २६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको शर्माले बताइन् । उनका अनुसार दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधारमा इकाईले उद्धार गर्दै आएको छ ।

‘कुनैपनि जटिल केसहरु देखियो, भनेजस्तो त्यहाँ उपचार हुन नसक्ने जनशक्तिको कारण, उपकरणको कारण अथवा त्यहाँबाट जिल्ला अस्पताल लैजाने अवस्था पनि सडक यातायातको कारण गाह्रो छ भने त्यहाँबाट उहाँहरुले रिफर गर्नुहुन्छ’, शर्माले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *