सहमति पालना नगरेको भन्दै लुम्बिनी बाट जसपा बाहिरियो
काठमाण्डाै । मागेजति मन्त्री नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले दुई जना मन्त्री बनाइदिने सहमति पालना नगरेको भन्दै जसपाबाट मन्त्री बनेका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिनुभएको हो । लुम्बिनीमा जसपाले दुई वटा मन्त्रालय पाउने सहमति भएको थियो । सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको […]
देशभर ५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार
काठमाडौं । नेपाल सरकारले ५ वर्षको अवधिमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाको निशुल्क हवाई उद्धार गरेको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत निशुल्क उद्धार गरी उपचारको व्यवस्था […]
बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाल्पा बाट एक जना पक्राउ
पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रम्भा गाउँपालिका(२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी […]
डढेलो बस्तीमा पस्दा अर्घाखाँची, पाल्पा र गुल्मीमा सय बढी घरगोठ जले
पाल्पा । सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलो निभाउने क्रममा पाल्पा र गुल्मीमा चार जना घाइते भएका छन् । शनिबार दिउँसोदेखि महाभारत क्षेत्रमा लागेको डढेलो निभाउने क्रममा पाल्पाको रैनादेवी छहरा–१ सिद्धेश्वरका ५५ वर्षीय टोपबहादुर बुढा गम्भीर घाइते भएका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ सिद्धेश्वरका […]