दुर्घटनामा दम्पती सहित पाँच जनाको ज्यान गएपछि शोकमा तनहुँ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तनहुँ।  पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सडकबाट तल खस्दा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएको घटनाले जिल्लाभर शोक छाएको छ । सोमबार बिहान करिब १ः३० बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा व्यास नगरपालिका–१ मोहरियाटारका ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ निवासी ५५ वर्षीया विष्णुमाया ढकाल र उहाँका श्रीमान् ६३ वर्षीय रुद्रप्रसाद ढकाल, भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल तथा शुक्लागण्डकी–२ की २० वर्षीया अर्चना पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

मृतकहरूको सनाखत भएसँगै सम्बन्धित क्षेत्रमा रुवाबासी मच्चिएको छ । दैनिक जीवनको यात्रामा निस्किएका उनीहरू घर नफर्किने गरी बिदा भएपछि व्यास, शुक्लागण्डकी र भिमाद क्षेत्रमा स्तब्धता छाएको छ । बिहानैदेखि मृतकका घरमा आफन्त, छिमेकी र शुभेच्छुकहरूको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *