दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेर दुई जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । दुई दिनको अन्तरालमा  बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका  २१ वर्षिय सन्दिप कुमाल र  आईतबार  दिउँसो ११ बजेको समयमा गुल्मीदरबार  गाउँपालिका २ घोरा उपल्लाखर्कका   १२ वर्षिया छोरा प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो  ।

त्यस्तै आरुपाटाका सन्दिपको शव ग्वादीकााचौर नजिकै बडिगाड खोलामा फेला परेको हो । उनी माछा मार्नका लागि जाल खेल्ने क्रमा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजी गर्ने क्रममा जालको डोरी खुट्टामा बेरिएको अबस्थामा मृत फेला पारिएको थियो ।

उनी संगै माछा मार्न पुगेका छिमेकी १५  वर्षीय पवन कुमालले हारगुहार गरे पछि वडा सदस्य लोकबहादुर कार्कीले वामीटक्सार प्रहरी चौकीलाई सुचित गरेका थिए । सुचना लगत्तै  प्रहरी बरिष्ठ नायव निरीक्षक लक्ष्मण बिश्वकर्माको नेतृत्वमा  पुगेको प्रहरी टोली र स्थानीयले  चिन्ताजनक अबस्थामा फेला पारेका थिए ।

प्रहरीले उनलाई वामीटक्सारको अस्पतालमा  लगिएको  थियो । त्यहाँँबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरेकोमा सोही दिन साँझ  ८ बजेर ३५  मिनेट जाँदा  डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताए । बडिगाड खोलमा माछा मार्ने र पौडी खेल्ने क्रममा हाल सम्म धेरैले  ज्यान गुमाउँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *