दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । बस र मोटरसाइकल ठोक्किँदा शनिबार दाङको राजपुरमा दुई जनाको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक रा १ ख २३६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ नौसहराका २४ वर्षीय प्रमोद यादव र २४ वर्षीय प्रदीप यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *