होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको […]

सुशासनको नयाँ अभियान सुरु भएको छ: गृहमन्त्री लामिछाने

भरतपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उनले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए । ुविभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ । सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ,ु […]

लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणाली

बुटवल  । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले शनिबार लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी तीर्थालुहरुलाई मध्यनजर गरी तयार पारिएको अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले […]

रुसमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो

एजेन्सी । रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ । यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए । सांगीतिक कार्यक्रम शुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट […]

कपिलवस्तुमा हुने तिलौराकोट गोल्डकपमा ८ टोलीको भिडन्त हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा आयोजना हुन लागेको प्रथम तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा ए डिभिजन र मोफसलका क्लब गरी ८ टोलीको भिडन्त हुने भएको छ । बुद्ध रङ्गशाला जितपुरमा चैत्र १७ गतेदेखि २४ गतेसम्म हुने फुटबलमा ए डिभिजन र मोफसलका क्लब गरी ८ टोलीको भिडन्त हुने भएको आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ । संघका […]

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

काठमाण्डौ । आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको […]

दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दाङ । बस र मोटरसाइकल ठोक्किँदा शनिबार दाङको राजपुरमा दुई जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक रा १ ख २३६० नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर […]

२७ गतेको आन्दोलनलाई सहयोग र समर्थन गर्न कपिलवस्तुवासीलाई राप्रपाको आग्रह

जनहित अनलाइन, कपिलवस्तु । आगामी २७ गतेदेखि काठमाडौमा हुन लागेको आन्दोलनलाई सहयोग र समर्थन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले आग्रह गरेको छ । शनिबार बाणगंगाको चारनम्बर चोकमा आयोजना गरिएको काणसभा मार्फत जिल्लावासीलाई यस्तो आग्रह गरिएको हो । कोणसभालाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझीले जनताको माग बमोजिम देश र जनताको लागि विभिन्न […]