पाल्पामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको ज्यान गयो दुई घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा सोमै घाइते भएका हुन् । उनको उपचारका क्रममा बुटवल हस्पिटल प्रालि रुपन्देहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटक पदार्थ विस्फोट हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिंगरनगर घर भई बिहीबार मदनबहादुर सोमैको घर आएका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पलो जनाएको छ ।

उनीहरुलाई उपचारको लागि बुटवल हस्पिटल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *