कपिलवस्तु । अशिम क्षेत्री र श्रद्धा काफ्लेको मुख्य अभिनय रहेको ‘दशैं आयो’ बोलको नँया दशैं गीत सार्वजनिक भएको छ ।
शिव पौडेलको शब्द रचना तथा योगराज पोख्रेलको संगीत रहेको गीत आइतवार योगराज पोख्रेल अफिसियल युट्युब बाट सार्वजनिक गरिएको छ ।
उक्त गीतमा लोक तथा दोहोरी गायक सुनिता बुढा, योगराज पोख्रेल र दिपक पोख्रेलको स्वर रहेको छ भने गितमा मुख्य अभिनयमा अशिम क्षेत्री र श्रद्धा काफ्ले रहेका छन ।
विदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको छ साथै नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँग-सँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेत समेटिएको छ ।
प्रिज्म रेकडिङ्ग स्टुडियोमा तयार पारिएको उक्त गीतको संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । गीतलाइ विजय पोखरेलले निर्देशन गरेका छन् ।कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानमा माधव पौडेलको नेतृत्वले छायांकन गरेको थियो ।
भिडियो https://youtu.be/H4qjONudVcg?si=NQS143CdDVhDTRB7


