त्रिदेशीय टी–२० क्रिकेटको उपाधिका लागि भोलि नेपाल र पीएनजी खेल्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो ।

हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले १२ रन अतिरिक्त दियो ।

यसअघि घरेलु मैदान मोङ कोकमा टस जितेर ब्याटिङ गरेको हङकङ १८ ओभर ३ बलमा १ सय २१ रनमा अल आउट भयो । हङकङका जेशान अलीले नट आउट ५५ रन बनाए । पीएनजीका कबुआ मोरे, अलेई नाओ, असाद भाला र सेसे बाउले समान २ विकेट लिए ।

अब पीएनजीले फाइनलमा भोलि नेपालसँग खेल्नेछ । यसअघि आजै भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *