ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ । काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गर्ने गरी चौबीसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । यही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

गृहको निर्देशनअनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउन आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *