‘जेन–जी’ आन्दाेलनमा ज्यान गुमाउनेकाे सङ्ख्या ७२ पुग्याे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ । नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै मुख्य सचिव एकनारायण अर्यालले मानवीय क्षतिबारेमा जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार ५९ सर्वसाधारण, १० कैदीबन्दी र ३ प्रहरी गरी ७२ जनाको ज्यान गएको हो । त्यस्तै १ सय ३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १ सय ९१ जना घाइतेको उपचार भइरहेको छ ।

घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने पनि मुख्य सचिव अर्यालले बताउनुभयो । उहाँले विषम परिस्थितिमा धेरै चुनौती रहेको भन्दै युवा पुस्ताको विषयहरूको सम्बोधन गर्न सुशासन र सेवा प्रवाह गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *