जनता मावि पिपरा देशभरकै दोस्रो उत्कृष्ट विद्यालय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन

बाणगङ्गा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कपिलवस्तुको जनता मावि पिपरा देशभरकै  दोस्रो उत्कृष्ट विद्यालय भएको छ ।

यस विद्यालयबाट जम्मा २८९ जना विधार्थीहरु सहभागी भएकोमा औसत स्तरिकृत अंक ३.२ र सो माथि हासिल गर्ने विधार्थीहरुको प्रतिशत ६२.२८ छ । देशमरका सामुदायिक  विद्यालय हरुको प्राप्त उपलब्धीमा दोस्रो हो ।

जनता मावि पिपराका प्रअ रमेश पन्थीले मुलभूत रुपमा विधार्थी र शिक्षकक्रै मेहेनतले यो उपलब्धी हासिल भएको बताए । उनले यो उपलब्धी हासिल गर्न समग्र विद्यालय  परिवारले पठनपाठनका लागी आवश्यक व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको बताए ।

विद्यालयले विगतमा पनि यस्ता उपलब्धी हासिल गरेको बताउँदै आगामी दिनमा पनि यस्ता उपलब्धी हासिल गर्न विद्यालय सक्षम रहेको दाबी गरे । यसले जनता मावि लुम्बिनी प्रदेश हुदै देशकै उत्कृष्ट विद्यालय बन्ने दिशातर्फ उन्मुख भएको संकेत  गरेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस्तो उपलब्धी प्राप्त गर्ने पहिलो उत्कृष्ट विद्यालय   बिराटनगरको पोखरिया मावि हो ।

यस्तो छ उपलब्धी  विवरण 

Leave a Reply

Your email address will not be published. Required fields are marked *