चीनले विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । चीनले अन्तरिक्षमा एआईमा आधारित सुपर कम्प्युटर सञ्जाल निर्माणको काम सुरु गरेको छ । चीनले हालै १२ ओटा स्याटलाइट प्रक्षेपण गरी सुपर कम्प्युटर निर्माणको काम सुरु गरेको हो । स्पेस न्युजका अनुसार यो परियोजना अन्तर्गत चीनले २८०० स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा १२ ओटा स्याटलाइट अन्तरिक्षमा पठाइएको हो ।

चीनको एडीए स्पेस, झिजियाङ प्रयोगशाला र नेइजाङ हाई(टेक जोनले निर्माण गरेका ती स्टाटलाइट पृथ्वीमा डेटा पठाएर प्रशोधन नगरी आफैले सङ्कलन गरेका डेटा प्रशोधन गर्नेछन् । यो परियोजना एडीए स्पेसको ‘स्टार कम्प्युट’ कार्यक्रमको हिस्सा हो भने यसलाई ‘थ्री(बडी कम्प्युटिङ कन्स्टेलेसन’ को पहिलो चरण भनिएको छ ।

प्रक्षेपण गरिएका १२ ओटै स्याटलाइटमा ८ अर्ब पारामिटरको एआई मोडेल जडान गरिएको छ । यसले गर्दा प्रत्येक स्याटलाइटले प्रति सेकेन्ड ७४४ टेरा अपरेसन गर्न सक्छन् । सामूहिक रूपमा यी १२ स्याटलाइटले प्रति सेकेन्ड ५ पेटा अपरेसन गर्न सक्ने एडीए स्पेसको दाबी छ । यो भनेको माइक्रोसफ्ट कोपाइलट पीसीका लागि आवश्यक ४० टीओपीएसभन्दा निकै बढी हो ।

चिनियाँ सरकारका अनुसार यस सञ्जालको अन्तिम लक्ष्य हजारौं स्याटलाइटमार्फत एक हजार पीओपीएस क्षमता हासिल गर्नु हो । ‘स्पेस न्युज’का अनुसार यी स्याटलाइटले लेजरको माध्यमबाट प्रति सेकेन्ड १०० गिगाबिटसम्मको गतिमा एकअर्कासँग सञ्चार गर्छन् ।

साथै तिनीहरूबिच ३० टेराबाइटको शेयर्ड स्टोरेज क्षमता रहेको छ । गत हप्ता प्रक्षेपण गरिएका यी स्याटलाइटमा वैज्ञानिक उपकरण पनि जडान गरिएका छन् । त्यसमा गामा(रे विस्फोट जस्ता सङ्क्षिप्त ब्रह्माण्डीय घटना पत्ता लगाउन एक्स(रे पोलाराइजेसन डिटेक्टर राखिएको छ । यी स्याटलाइटले थ्रीडी डिजिटल ट्विन डेटा तयार गर्न सक्छन् भने त्यसलाई इमर्जेन्सी रेस्पोनस्, गेमिङ र पर्यटन जस्ता उद्देश्यका लागि प्रयोग गर्न सकिने एडीए स्पेसले जनाएको छ ।

‘साउथ चाइना मर्निङ पोस्ट’का अनुसार अन्तरिक्षमा निर्माण हुने यस सुपर कम्प्युटरले सञ्चारको समय बचत गर्छ । साथै परम्परागत स्याटलाइट प्रसारणको ढिलाइ र सीमित ब्यान्डविथको समस्यालाई सम्बोधन गर्ने बताइएको छ ।

हार्वर्ड विश्वविद्यालयका अन्तरिक्ष इतिहासकार तथा खगोलशास्त्री जोनाथन म्याकडोवेलका अनुसार अर्बिटल डेटा सेन्टर अन्तरिक्षको डेटा केन्द्र०ले सौर्य ऊर्जा प्रयोग गर्न सक्छन् । साथै तिनीहरूले आफ्नो ताप अन्तरिक्षमा विकिरण गर्न सक्नेछन् । यसले गर्दा ऊर्जा आवश्यकता कम हुने र कार्बन फुटप्रिन्ट पनि घट्ने म्याकडोवेले द भर्जलाई सुनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *