गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढेको छ। भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको जानकारी दिए।

निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ। उनले भने, ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन्।’

भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा क्रिकेट रंगशालाको काम अगाडि बढाएको हो। महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्नमिल्ने प्यारापिटसहित मैदान तयार गरिने छ। राससका अनुसार रंगशाला निर्माणको लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ छ। वि।सं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *