गोली हानेर दुई भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । सर्लाहीमा प्रहरीले गोली हानेर दुईजना भारतीय अपराधीलाई हतियारसहित नियन्त्रणमा लिएको छ।

भारतबाट लुटपाट गर्न सर्लाहीको बरहथवा तर्फ आउँदै गर्दा गस्तिमा खटिएको प्रहरी टोलीलाई देखेर भाग्न खोज्दा प्रहरीले गोली चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो।

हतियारसहित भारतबाट गयराति लुटपाट गर्न आएका लुटेराहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि उनीहरू घाइते भएका थिए। भारत मोतिहारीका जिरेन्द्र राउतको घुँडामा गोली लागेको छ। उनीसँगै रहेका शनि सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीको गोली लागेर घाइते भएका राउतको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ परेका अपराधीहरुमाथि भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दाको फरार अभियुक्त रहेको बुझिएको छ। घटनाबारे आधिकारिक धारणा जिल्ला प्रहरी कार्यालयले अबको केही बेरमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *